नेप्से परिसूचक ७९ अंकले बढ्यो
  • CIA Khabar

  • काठमाडौँ । आज नेप्से परिसूचक ७९ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्सेको अंक २९१३ मा कायम भएको छ ।

    यस दिन १० अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । परिसूचक बढ्दा पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको हो ।

    यस दिन सबै समूहहरु बढेका छन् । बैंकिङ ४३, ब्यापार ८, होटल तथा पर्यटन १२२, विकास बैंक २५०, जलविद्युत १४८, फाइनान्स १२४, निर्जीवन बीमा ३७१, उत्पादन १५९, अन्य ३९, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ३९१ अंकले बढेका छन् । कम्पनीहरुलाई हेर्दा २०१ कम्पनीको मूल्य बढेको छ, ९ कम्पनीको मूल्य स्थिर भएको छ भने १५ कम्पनीको मूल्य घटेको छ ।

    कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । सो कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भयो । यो कम्पनीले हिजो साँझ मात्रै लाभांशको घोषणा पनि गरेको छ। साढे १६ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद लाभांशको घोषणा गरेको थियो । कारोबारका आधारमा दोस्रो स्थानमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको जम्मा ३२ करोडको सेयर किनबेच भयो ।

    अपि पावर, ङादी गुप, पन्चकन्या माइ हाइड्रो, बरुण हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।

    राधि विद्युत, जोशी हाइड्रोपावर, कालिका पावर, खानीखोला हाइड्रो, युनियन हाइड्रो, घलेम्दी हाइड्रो, हिमालय पावर पार्टनरको मूल्य पनि ९.९ प्रतिशतले बढेको छ। एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ ।

  • ८ असार २०७८, मंगलवार १६:२९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images