व्यापारघाटा १२ खर्ब ६२ अर्ब पुग्यो
  • CIA Khabar

  • काठमाडौँ।  नेपालको व्यापारघाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । चालु वर्षको साउनदेखि जेठसम्म ११ महिनाको अवधिमा व्यापारघाटा २४।६१ प्रतिशतले बढेर साढे १२ खर्बभन्दा बढी पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

    यो अवधिमा आयात २५।६७ प्रतिशतले बढेर १३ खर्ब ७३ अर्ब रुपैयाँको पुगेको छ । त्यस्तै निर्यात ३७।७८ प्रतिशतले बढेर १ खर्ब २१ अर्ब रुपैयाँ भएको छ ।

    जेठ महिनामा भने जम्मा १३ अर्ब रुपैयाँको निर्यात भएको छ । व्यापारघाटा अत्यधिक वृद्धिसँगै चालु खाता, शोधनान्‍तर स्थितिमा चाप बढेको छ ।

  • ९ असार २०७८, बुधबार १८:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images