क्षेत्री बाहुन माथी पनि अनेक अन्याय हुदै आएको छ : पुर्व सचिव भिम उपाध्याय
  • CIA Khabar

  • काठमाण्डाै । पुर्व सचिव भिम उपाध्यायले आफुहरु बाहुन समुदाय माथि पटक पटक अन्याय भएको बताएका छन् ।

    आफुहरु अरुले जति गाली गरेपनि सहने गरेको भन्दै उपाध्यायले कसैका विरुद्द संगठित नहुने प्रष्ट समेत पारेका छन् ।

    हामी बाहुन क्षेत्रीलाई अरूले जति गाली गरे पनि सहन्छौँ। हामीले बोल्नै हुदैन, हामीबिरूद्ध जेसुकै अपशब्द अपमानजनक शब्द बोले पनि चुप बस्नुपर्छ भन्ने आग्रह छ। उपाध्यायले फेसवुक स्टाटस लेख्दै भनेका छन् हामीमाथि पनि अनेक अन्याय हुदै आएको छ। तर हामी कसैका बिरूद्ध कहिल्यै संगठित थिएनौँ, हुदैनौँ, आफूलाई कमजोर ठान्दैनौँ, त्यसैले संगठन चाहिएको छैन।

    स्टाटसमा उपाध्यायले थपेका छन् हामी बुद्धि खेलाएरै संतुलनमा बस्छौँ । तर, नेवार समुदाय नेपालकै सबैभन्दा बढी संगठित र एकताबद्ध समुदाय हुन्। चुनौती आउनासाथ ती सबै विना कुनै विवाद एक हुन्छन्, सत्ता पनि लगलग काप्छ। सामुदायिक द्वन्द चर्काउने रहर नगरेकै राम्रो।

  • ९ असार २०७८, बुधबार २२:०७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images