पार्टी छाडेपछि १४ जनप्रतिनिधिको पद रिक्त (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ। जनप्रतिनिधिले पार्टी परिवर्त गरेपछि १४ जनप्रतिनिधिको पद रिक्त भएको छ ।

    निर्वाचन आयोगले एक सूचना जारी गर्दै दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो ।

    नेकपा माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले कारबाही गरेको हो ।

    रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहा कारबाहीमा परेपछि यी दुई स्थानमा मेयरको पद रिक्त भएको छ ।

    यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ।

    कहाँ कहाँका जनप्रतिनिधिको पद गुम्यो आयोगले जारी गरेको सूचना हेर्नुहोस्

     

  • ११ असार २०७८, शुक्रबार ०९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images