भारतमा खोप लिनेको संख्या  ३० करोड नाघ्यो
  • CIA Khabar

  • भारत । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार भारतको संचयी COVID-19 खोप कभरेज ३० करोड नाघेको बताएको छ ।

    रिपोर्ट अनुसार कुल आंकडा ३०.०९,६९,५३८  पुगिसकेको हो। CO-WIN ले जनाएको अनुसार कोभिड-१९  खोपको भ्याक्सिनेसन कार्यक्रमको नयाँ चरण जुन २१ बाट सुरु भए देखि बुधबार मात्रै ६३.२६ लाख जनालाइ  खोपहरू दिईएको छ ।

    मन्त्रालयले जनाए अनुसार बुधबारको दिन १८-४४ बर्षका उमेर समुहलाइ ४१.२३ लाख भन्दा बढी पहिलो चरणको खोप दिइयो भने ६८,९०० भन्दा बढीलाई दोस्रो चरणको खोप  दिइएको छ। रिपोर्ट अनुसार ३७ राज्य र केन्द्र शासित प्रदेशहरूमा यस समूहका ७,०२,११,०७५ व्यक्तिले पहिलो डोज पाइसकेका छन् भने १४,९८, ११३ जनाले दोस्रो चरणका खोप लिएका छन् ।

    उक्त रिपोर्ट अनुसार  आन्ध्र प्रदेश, असम, बिहार, छत्तीसगढ़, दिल्ली, गुजरात, हरियाणा, झारखंड, कर्नाटक, केरला, मध्य प्रदेश, महाराष्ट्र, राजस्थान, तमिलनाडु, तेलंगाना, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका १० लाख भन्दा बढी १८-४४ वर्षका उमेर समुहलाई कोभिड-१९ खोपको पहिलो खुराक दिएको छ ।

  • १२ असार २०७८, शनिबार ०९:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images