काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे डाकिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । मन्त्रिपरिषद विस्तारबारे सर्वोच्च अदालतले गरेको फैसला, पार्टी विवाद र एमाले महाधिवेशन तथा माधव नेपाल पक्षको राजनीतिक गतिविधि र सम्भावित कदमबारे आजको बैठकमा छलफल एवं समीक्षाको तयारी भएको छ ।