विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा देशव्यापी आन्दोलन घोषणा
  • CIA Khabar

  • काठमाडौं । विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    ‘१६, १७, १८ र १९ गते मशाल जुलुश सहित देशव्यापी आन्दोलन गर्ने निर्णय गरेका छौं,’ अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने ।

    आन्दोलनका कार्यक्रमअनुसार मंगलबार त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डमा घेराउ गर्ने लगायतका निर्णय विद्यार्थी संगठनहरुले गरेका छन् ।

  • १४ असार २०७८, सोमबार ११:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images