२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए रु (विवरण सहित)
  • CIA Khabar

  • काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार ६४८ जनाको पीसीआर परीक्षणबाट १ हजार ५०९ र ४ हजार ९९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३५ जना गरी जम्मा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ८५३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    कहाँ कति थपिए ?

    मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ८, ओखलढुंगामा २, खोटाङमा ५, झापामा १९३, धनकुटामा १४, पाँचथर १, मोरङमा ११६, संखुवासभा १ र सुनसरी ९४ जनामा कोरोना भेटिएको छ।

    यसैगरी प्रदेश २ को धनुषामा १६, पर्सामा ३, बारामा ६, महोत्तरीमा १६, रौतहटमा १, सप्तरीमा ४, सर्लाहीमा ७ र सिरहामा ६ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा ३५५, काभ्रेमा २७, चितवनमा ८०, धादिङमा ३८, नुवाकोटमा ३२, भक्तपुरमा ४७, मकवानपुरमा ४९, रसुवा १२, रामेछापमा ७, ललितपुरमा ११२, सिन्धुली ३ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।

    यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७९, गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा ६०, म्याग्दीमा १, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा १२ जनामा कोरोना भेटिएको छ।

    कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको गुल्मीमा १३, दाङमा ३, नवलपरासीमा ५, बर्दियामा ४, बाँकेमा ४, रुपन्देहीमा ११ र रोल्पामा ६ जना छन्।

    यस्तै, कर्णाली प्रदेशको जुम्लामा ८, जाजरकोटमा १, दैलेखमा १, मुगुमा १, रुकुम पश्चिममा ७, र सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा ४, कैलालीमा २ र डडेल्धुरामा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

  • १४ असार २०७८, सोमबार १७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images