कोइराला निवासमा काँग्रेसको १४ औँ महाधिवेशनबारे छलफल गर्न तीन नेताबीच भेटवार्ता
  • CIA Khabar

  • काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबारे छलफल गर्न काँग्रेसका तीन नेताबीच भेटवार्ता भएको छ ।

    पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डीखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सहभागी हुनुहुन्थ्यो ।

    No description available.

    भेटमा आगामी १४ औँ महाधिवेशनमा पार्टीलाई कसरी सहमती, सहकार्य र एकताका साथ अगाडि बढाउने भन्ने बारेमा केन्द्रीत रहेर छलफल भएको नेत्री कोइरालाले जानकारी दिनुभयो । “गुठ उपगुठका कारण पार्टी कमजोर भयो, आगामी महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो,”– उहाँले भन्नुभयो ।

    यस्तै, मुलुकको वर्तमान राजनीति घटनाक्रमका बारेमा समेत शीर्ष तीन नेताबीच छलफल भएको छ । पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहेको अवस्थामा अहिले काँग्रेसका शीर्ष नेताहरु नेतृत्वका लागि भेटघाटमा व्यस्त रहनुभएको छ ।

    No description available.

    केही दिन अगाडिमात्र काँग्रेस उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा शशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधी निवास र कोइराला निवासमा दुईपटक भेटघाट भइसकेको छ ।

    यस्तै, सभापति शेरबहादुर देउवाले पनि आगामी महाधिवेशनमा अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल गरिरहेका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।

    No description available.

     

  • १४ असार २०७८, सोमबार १८:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images