कपिलवस्तुमा एक हप्ता निषेधाज्ञा थपियो, सार्वजनिक यातायात चल्ने
  • CIA Khabar

  • कपिलवस्तु।कपिलवस्तु मा निषेधाज्ञा थप खुकुलो पार्दै एक हप्ता थपिएको छ । सोमबार जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सार्वजनिक गाडि चल्न पाउने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन् । साथै विहान ९ बजेदेखि साझ ६ बजेसम्म मात्र सवारी चलाउन पाइने छ । सवारी चालक र सह चालकलाई अनिवार्य माक्स लगाउनुपर्ने नियम बनाएको प्रशासनले माक्स नलगाउने यात्रुलाई कारबाही गर्ने चेतावनी जारी गरेको छ ।

    विवाह, ब्रतबन्ध, पास्नी, न्वारन वा अन्य संस्कारका लागि बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पलना गर्ने गरी नजिकको प्रहरी इकाईसंग समन्वय गरी आफ्नै निवासमा गर्न सकिने प्रशासनले जनाएको छ ।

     

  • १५ असार २०७८, मंगलवार १०:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images