काठमाडौँ ।महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस नेताहरु छलफलमा जुटेका छन् ।
बेग्लाबेग्लै समूहमा नेताहरु आन्तरिक छलफलमा छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला पुगेका छन्।
सभापतिका आकांक्षी तीन नेताबीच पटकपटक छलफल भइरहेको छ। आजको छलफल महाधिवेशन केन्द्रित भएको सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए ।
यसअघि निधि र सिंह कोइराला निवास महाराजगञ्ज र त्यसभन्दा पहिले कोइराला र सिंह निधि निवास बानेश्वरमा छलफल गरेका थिए।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा तय भएको छ। महाधिवेशन नजिकिएसँगै सभापतिका आकांक्षीहरू दौडदूपमा छन्।
निधि, कोइराला र सिंहबीच महाधिवेशनसम्मै सहकार्य गर्ने विषयमा सहमति छ।