कपिलवस्तु । कपिलवस्तुको बुद्दभुमी नगरपालिकामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । ” धान उत्पादनमा वृद्धिस् खाद्य सुरक्षा , आत्मनिर्भरता र समृद्धि ” भन्ने मुल नाराका साथ बुद्दभुमी नगरपालिका वडा नं – ४ सितापुरमा सम्पन्न भएको हो ।
बुद्दभुमी नगरपालिकाको आयोजनामा संचालन भएको १८ औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवलाई प्रगतिशील कृषक समुहले संयोजन गरेको थियो ।
बुद्दभुमी नगरपालिकाले आयोजना गरेको गरेको कार्यक्रममा सितापुरमा धान महोत्सव सङै असार प्रन्ध अर्थात दहि चिउरा खाने दिन पनि मनाइएको छ ।
बुद्दभुमी नगरपालिकाको राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव कार्यक्रममा बुद्दभुमी नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठको प्रमुख आतिथ्यता , नगर उपप्रमुख मिरा चौधरीको बिशिस्ट आतिथ्यता , प्रगतिशील कृषक समुहका सचिब नारायण बहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रमको संचालन भने बुद्दभुमी नगरपालिकाका नायब प्राविधिक सहायक छोटेलाल कोहारले संचालन गर्नु भएको हो ।
कार्यक्रममा बुद्दभुमी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल , वडा – ४ का वडा अध्यक्ष पवन कुमार चौधरी , नगरपालिकाका कृषि अधिकृत देविराम बेल्बासे लगायत अन्य कर्मचारिहरुको पनि उपस्थिति रहेको थियो । धान दिवस तथा रोपाइ महोत्सवमा बोल्दै नगर प्रमुख केशब कुमार श्रेष्ठले भन्नुभयो ” नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने अभियान रहेको छ , बुद्दभुमीमा कृषकलाइ प्रोत्साहन गर्न नगरपालिका पछि हट्ने छैन । ”
यस्तै प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले नगरपालिकामा आधुनिक कृषि लाई महत्व दिनुपर्ने बताउदै आगामी आर्थिक बर्षमा आधुनिक कृषि र कृषि यन्त्रलाइ नगरपालिकाले प्राथमिकतामा राख्ने बताउनु भएको हो । ” बुद्दभुमी नगरपालिका सधै कृषकको साथमा छ ” उहाले भन्नुभयो ।