नवलपरासी।काठमाडौं लाई कर्म थलो बनाउदै आएकि सन्चारकर्मी,गायिका तथा उद्घोषक शितल शर्माको पहलमा संकलित रकम आज हस्तान्तरण गरिएको छ ।
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं .१ बुर्तिबाङ बजारमा रहेका युवराज कँडेलका अपांगता भएका छोरा भरत कँडेलको उपचारका लागि उक्त राहत रकम संकलन गरिएको थियो।
सन्चारकर्मी,गायिका तथा उद्घोषक शितल शर्माको ब्यक्तिगत १००००९ दश हजार र देश तथा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकम रु ७२४९१ ९ बहत्तर हजार चार सय एकानब्बे ०गरि जम्मा ८२४९१ ९ बयासी हजार चार सय एकानब्बे शर्माले कंडेलको घरमा पुगेर हस्तान्तरण गरेकी हुन ।