शिवराजमा अपाङ्गता भएका व्यक्तिका परिवार लाई राहत वितरण
  • CIA Khabar

  • कपिलवस्तु । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि आह्वान गरिएको लकडाउनले समस्यामा परेका अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको छ ।

    रोग संग संगै भोक संग लडन राहत वितरण गरिएको कालिका स्वालम्बन तथा फेरमेड फाउन्डेशनको आधारभुत स्वास्थ्य परियोजना अन्तर्गत क वर्गका महिला तथा १८ वर्ष मुनिका बालबालिकालाई राहत वितरण गरएको कालिकाका निर्देशक अर्जुन थापाले बताए ।

    शिवराज नगरपालिका भित्र रहेका वडा न १,२,३,४ र ९ मा राहत वितरण गरिएको र अन्य वडा पनि वितरण गरिने थापाले बताए । शिवराज नगरपालिका भित्र रहेका ८४ जनालाई राहत वितरण गर्ने योजना रहेको शिवराज नगरपालिका उपमेयर र समन्व्य समितिको संयोजक शिवकुमारी थारुले बताइन् । राहत वितरण कार्यक्रममा हातिपाइले र कुष्ठ रोग वाट प्रभावित व्यक्तिहरुको समुहका १५ जना व्यक्तिहरुलाई समेत सहयोग गरिएको थियो ।

    कार्यक्रममा मन्तव्य राख्दै थारुले अपाङ्गता भएका व्यक्ति र परिवारलाई स्थानिय सरकारले शिक्षा,स्वास्थ्य र आयआर्जनमा सहयोग गरने र आगामी वर्षको निति तथा कार्यक्रममा आपाङ्गता भएका व्यक्तिहरुलाई चाहिने सहयोगी समाग्री वितरण गरिने थारुले बताइन् ।

    राहत वितरणमा २५ किलो चामल, ३ किलो दाल, २ लिटर खाने तेल, २ किलो नुन २ किलो चिनि , साबुन ४ पिस १ किलो सवाबिन चार थान नुहाउने साबुन समेत रु २ हजार ८ सय बराबरको खाद्यान्न वितरण गरिएको छ ।

    कोरोनाको कहरमा संस्थाले गरेको काम प्रति उच्च सम्मान रहेको र स्थानिय सरकारलाई सहयोग गरेकोमा वडा न १ का अध्यक्ष जगत बहादुर धर्ती क्षेत्रीले धन्यवाद दिएका थिए ।

  • १५ असार २०७८, मंगलवार २१:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images