कार दुर्घटनामा प्राध्यापक शंकर भण्डारीको मृत्यु
  • CIA Khabar

  • काठमाडौं।   त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक सह प्राध्यापक डा शंकर भण्डारीको बुटवलमा कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ।

    भण्डारीको पर्थिव शरिरलाई हेलिकोप्टरमा मंगलबार राति नै काठमाडौं लागिएको थियो र बुधबार दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ। भण्डारीले आफै चलाएको कार चिप्लिएर कलभर्टमा खसेको थियो।

    समाजशास्त्रमा पीएचडी गरेका भण्डारी झन्डै डेढ दसकदेखि प्रध्यापनमा संलग्‍न थिए। त्रिबि अनुगमन निर्देशनालयको उपनिर्देशक समेत काम गरेका भण्डारी ४ बर्षसम्म त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा सह(नियन्त्रकको रुपमा काम गरेका थिए। भण्डारीले ७ बर्षसम्म त्रि-चन्द्र कलेज घण्टाघरमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत रहेका थिए।

  • १६ असार २०७८, बुधबार ०७:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images