पाल्पामा कोभिड दर न्युनिकरणमा काम गर्दै सुआहारा
  • CIA Khabar

  • पाल्पा। कोभिड केस अनुसन्धान तथा कन्ट्रयाक खोज सम्बन्धी कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । समुदायमा फैलिएको कोभिड नियन्त्रण र रोकथामका लागि जिल्लामा सञ्चालित सुआहारा कार्यक्रम मार्फत स्थानीय तहसँग मिलेर कोभिडका केस तथा यसको नियन्त्रणमा कन्ट्याकमा परेकाको खोज र संक्रमण रोक्न चाल्न सकिने अभियानका बिषयमा छलफल भएको हो । रामपुर नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा वडाअध्यक्ष र स्वास्थ्यकर्मीहरु सँग कसरी गाउँघरमा कोभिड नियन्त्रण गर्न सकिन्छ र यसको लागि चाल्ने अभियानका बिषयमा छलफल भएको सुआहारा कार्यक्रममा जिल्ला संयोजक कृष्ण गुरुङ्गले जानकारी दिनुभयो ।
    विशेष गरि जिल्लामा हजार दिनका आमाहरुमा स्वास्थ्य र पोषणमा काम गर्दै आएको सुआहाराले अहिले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा अहिलेको परिस्थितिमा रहेर जिल्लामा कोभिड संक्रमण बढी भएका क्षेत्रमा कोभिड नियन्त्रण र न्युनिकरणमा काम गरेको हो । कोभिडको दोस्रो चरणको अहिलेको समयमा जिल्लामा कोभिड संक्रमण दर बढी रहेका ५ पालिकामा सुआहाराले यस्तो कार्यक्रम सञ्चालन थालेको गुरुङले बताउनुभयो ।
    पहिलो चरणमा स्थानीय पालिकाहरुसँग कार्यक्रमबारे जानकारी मुलक छलफल चलाएको छ । पाल्पाको तानसेन नगरपालिका, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकामा कोभिड केस अनुसन्धान र कन्ट्रयाक खोज पड्ताल कार्यक्रम गर्नेछ । अब रामपुर नगरपालिकामा यसको काम थालनी हुनेछ । जसको लागि एक जना समुदाय सहजकर्ता छनौट भएको बेस नेपालले जनाएको छ ।
    कोभिड संक्रमण दर न्युनिकरण गर्ने मुख्य उद्देश्यले नेपाल सरकारले यो अबधारण ल्याएको हो । कोभिड न्युनिकरणमा टोललाई सक्रिय परिचालन गर्नुपर्छ, स्थानीय परिचालित भए बढी प्रभावकारी हुन्छ भनेर बेस नेपाल सुआहारा कार्यक्रमले पाल्पा जिल्लामा स्वास्थ्य कार्यालयको समन्वयमा यो कार्यक्रम अघि बढाएको बेस नेपाल सुआहारा कार्यक्रमका फिल्ड संयोजक दिनेश घिमिरेले बताउनुभयो । कोभिड समुदायमा फैलिसकेको अबस्थामा केस बढी भएको वडामा पुगेर टोल समिति बनाई काम गर्नेछ ।
    रामपुरमा नगरपालिकाका १० वटा वडाको बढी प्रभावित क्षेत्रमा टोलमा झण्डै ५ जना खटाएर केभिडको केस कहाँ कति छ? प्राथमकितामा रहेर घरधुरीको वारिवारिक स्थिति र अबस्था पहिचान गरि स्वास्थ्य संस्थाका प्रमुखहरुको समन्वयमा परिचालित अगुवाले फारम भरेर यसको अबस्था निक्यौल गरि नियन्त्रणको काम थाल्नेछ । यसको लागि नगरपालिकामा झण्डै १५ वटा टोल समिति गठन हुनेछ । टोलमा कम्तिमा ५० देखि ६० घरधुरीलाई समेटिनेछ भने त्यस घरधुरीमा नियमित निगरानी र परामर्श गरि रिपोटिङ गरिनेछ ।
    यसले समुदायमा संक्रमण दरको अबस्था, संक्रमितको कन्ट्याकमा परेकाहरुको उच्च सर्तकता र नियमित सजगता अपनाई समुदायमा कोभिड संक्रमण दर न्युन बनाउन मद्धत पुर्‍याउने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । कोभिड नियन्त्रणका लािग पहिलो चरणदेखि काम गरिरहेपनि संक्रमण दर फैलिरहेकोअबस्थामा सुआहाराले रामपुरमा कार्यक्रम ल्याएर यसको रोकथाममा सहकार्य गरेकोमा उहाँले बेस नेपाल सुआहारा कार्यक्रमलाई धन्यवाद दिनुभयो।

  • २० असार २०७८, आईतवार १३:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images