कपिलवस्तुमा पाँच विद्यार्थी संगठन द्वारा प्रधानमन्त्रीको पुत्ला दहन
  • CIA Khabar

  • कपिलवस्तु ।कपिलवस्तुमा पाँच राजनितिक दलका भातृ संगठनहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका स्थित गोरुसिँगेमा मुख्य पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुले चर्को नाराबाजी सहित प्रधानमन्त्रीको पुत्ला जलाएका हुन ।

    No description available.

    अनेरास्ववियु क्रान्तिकारीका हरिशचन्द्र खनाल, नेपाल विद्यार्थी संघका राकेश पाण्डे, नेकपा एमाले खनाल–नेपाल समुहका दिपक अनुरागी लगाएत अखिल छैठौँ सहितका पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुले चर्को नाराबाजी सहित विरोध प्रर्दशन गरेका थिए । प्रर्दशनका क्रममा प्रहरी हस्तक्षेपका कारण केहीबेर अवस्था तावनपूर्ण बनेको थियो ।

    No description available.

    केपी ओली सरकारले पटक पटक असंवैधानिक कदमहरु चालिरहेको भन्दै विद्यार्थी नेताहरुले तत्काल प्रधानमन्त्री ओलीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन्। संसद विघटन गर्ने ओलीको कदमले सिँगो राष्ट्र संकटमा परेको भन्दै विद्यार्थी नेताहरुले चर्को नाराबाजी समेत गरेका छन् ।

    No description available.

    बिरोध प्रर्दशनमा नेविसंघ जिल्ला उप सभापति शंकर न्यौपाने, महाधिवेशन प्रतिनिधि रुपक खनाल, नेविसंघ बुद्धभूमि नगर सभापति अच्युत अर्याल, नेविसंघ नेता विशाल अधिकारी, कल्याण खनाल, अखिल क्रान्तिकारीका मोहन शर्मा लगाएतका नेताहरुको उपस्थिति थियो ।

  • १७ असार २०७८, बिहीबार ०८:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images