शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा नजाने नेपाल पक्षको निर्णय
  • CIA Khabar

  • काठमाडौँ ।नेकपा एमालेको माधव नेपाल पक्षले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको केन्द्रीय कमिटी बैठक ‘अवैध’ भन्दै नेपाल समूहले सहभागीता नजनाउने निर्णय गरेको हो ।

    बिहीबार बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले सो बैठकमा सहभागी नहुने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

    उनले भने,‘अध्यक्ष केपी ओली लगायतका नेताहरुसँग वार्ता गरिएको थियो । केन्द्रीय कमिटी, निकाय र मातहतका सबै पार्टी कमिटी, जनसंघठनलाई २०७५ साल जेठ २ गतेभन्दा अघिबाट शुरु गर्न आग्रह गरेका थियौँ। यसप्रति हामी अझैपनि सकारात्मक छौं । तर विधानविपरित महाविधेशन आयोजक कमिटीको बैठक र त्यसका निर्णयका कारण पार्टी एकता हासिल गर्न अवरोध पुग्ने भएकाले भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छौँ।

    नेता नेपाल समूहले एमालेभित्र देखिएको विवाद वार्ता र सहमतिबाट समाधान गर्नुपर्ने समेत निर्णय गरेको छ । स्थायी कमिटीको निर्णयपछि मात्रै केन्द्रिय कमिटीको बैठक बोलाइनुपर्ने नेपाल समूहको माग छ ।

    भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेर नेता नेपाल समुहका नेताहरु भने ओली समूहका नेताहरुसँग छलफलका लागि ललितपुरको समिट होटलमा पुगेका छन् ।

    छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य सहभागी छन् । ओली समूहबाट भने नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल सहभागी छन् ।

  • १७ असार २०७८, बिहीबार १९:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images