पाटे बाघको छालासहित दुई जना पक्राउ
  • CIA Khabar

  • बाँके। दुर्लभ वन्यजन्तु पाटे बाघको छालासहित प्रहरीले बाँकेको बैजनाथ गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेखको मललेख गाउँपालिका–३ दर्पाका २४ वर्षीय डम्बर बुढा र सोही जिल्ला रामरोसन गाउँपालिका-५ का ३५ वर्षीय नन्दु बुढा रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसार कोहलपुर इलाका प्रहरी कार्यालयका खटिएको प्रहरी टोलीले वैजनाथ गाउँपालिका–४ तिलकपुरको भित्रि सडकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    अहिले उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • १८ असार २०७८, शुक्रबार ०९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images