मनसुनको सक्रियतापछि उत्पन्न विपद्‌बाट ३३ जनाको मृत्यु
  • CIA Khabar

  • काठमाडौँ। मनसुनको सक्रियतासँगै उत्पन्न विपदबाट अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३० जना बेपत्ता छन् । ३० जना घाइते छन् ।

    नेपालमा यो वर्ष २८ जेठबाट मनसुन शुरु भएको थियो ।

    बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।

    तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ । यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुईदुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

    यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एकरएक जनाको ज्यान गएको छ । यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण अनुमान गर्न नै मुस्किल पर्ने गरेको बताए । उनले केही दिनअघि सिन्धुपाल्चोकमा आएको बाढी पूर्वानुमानभन्दा बाहिर रहेकोसमेत जानकारी दिए ।

    योवर्ष हिमाली क्षेत्रबाट पानी पर्न शुरु गरेकाले मनसुनमा पनि जलवायु परिवर्तनको असर देखिएको उनले बताए ।

  • १८ असार २०७८, शुक्रबार १२:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images