आजदेखि नियमित भिसा सेवा सुचारु, एक हप्तासम्म शुल्क नलाग्ने
  • CIA Khabar

  • काठमाडौँ । अध्यागमन विभागले कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित नियमित भिसा सेवा आजदेखि सुचारू गर्ने भएको छ । विभागले गत जेठ ५ गतेदेखि आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगित गरेको थियो ।

    बिहीबारबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भएसँगै भिसा सेवा सुचारु गरेको विभागको भनाइ छ । विभागका अनुसार असार २४ गतेसम्मको निःशुल्क भिसा सेवा नियमित गरिने छ ।

    साथै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि बताइएको छ । असार २४ गतेपछि भने भिसा नियमित गर्न आउनेलाई भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना पनि लाग्ने बताइएको छ ।

    निषेधाज्ञा अघि
    पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकोमा निषेधाज्ञाका कारण भिसा अवधिको समय बढाइएको छ । अहिले पर्यटकीय भिसामा २१० दिनसम्म बस्न सकिने छ ।

  • १८ असार २०७८, शुक्रबार १३:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images