शिक्षक पाण्डेयको एकल प्रयासले कृष्ण माविको रिजल्ट अनलाईनमा
  • डम्मर दत्त भट्ट

  • कञ्चनपुर। सरकारले सामुदायिक विद्यालयको स्तरबृद्धिका साथै प्रविधिमा जोड् दिने योजना कागज र नारामा सीमित भईरहेका बेला कञ्चनपुरका एक सामुदायिक विद्यालयका शिक्षकले विद्यालयको रिजल्ट अनलाईमा राखेका छन् ।
    कोरोना महामारीका कारण गत बैशाखदेखि देशभरीका विद्यालय बन्द छन । कतिपय विद्यालयले रिजल्ट प्रकासित समेत गर्न सकेका छैनन । तर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारी स्थित कृष्ण माध्यामिक विद्यालयले रिजल्ट अनलाईमा राखेको छ । सो काम विद्यालयको नभई विद्यालयका कार्यरत शिक्षक राजेन्द्र प्रशाद पाण्डेको एकल प्रयासबाट विद्यालयको रिजल्ट अनलाईन पोटलमा राखिएको हो । विद्यार्थीले आफ्नो रिजल्ट सिधै घरबाटै बसेर समेत पुरै हेर्न सकिने छ ।
    विज्ञानका विद्यार्थी समेत रहेका शिक्षक पाण्डेयले आफ्नो सिजनात्मक खोजमुलक कलाको प्रयोग गर्दै ब्लक बनाएर कक्षा ८ र १० बाहेकको कक्षाको रिजल्ट अनलाईमा राखेका छन । कक्षा, १, २, ३, ४, ५, ६, ७ र ९ को रिजल्ट मात्र होईन हरेक विद्यार्थीको मार्गसिट ग्रेट राखिएको छ । विद्यार्थी, अभिभावकले आफ्ना र सन्तानको ग्रेटसिट सहितको रिजल्ट हेर्नका लागि विद्यालय जानु नपर्ने अवस्था बनाईरहेका छन ।
    नजिता हेर्नका लागि नेट जडान भएको कम्प्युटर, एन्ड्रोईन मोबाईलमा गएर हेर्न सकिनेछ । कृष्ण माध्यामिक विद्यालयका शिक्षक पाण्डेयले आफ्नो प्रयासमा विद्यालयको साथ सर्मथन रहेको बताए । ‘म विज्ञानको विद्यार्थी हु, ‘उनले भने, ‘महामारीका कारण विद्यालय बन्द भएको छ, विद्यार्थीलाई घरबाटै रिजल्ट हेर्न सहजताका लागि एकल प्रयासबाट ब्लक बनाएको हुँ ।’ सबै कक्षाका रहेक विद्यार्थीको रिजल्ट राखिएको छ । समयसापेक्षा अनुरुप सिकाई समेत प्रविधिमैत्री बनाउनुपर्ने उनको भनाई छ । उनले नेपाल अधिराज्यमा माध्यामिक तहका विद्यालयले यसरी रिजल्ट अनलाईनमा राखेको पहिलो भएको दावि गरेका छन । शिक्षक पाण्डेयको एकल प्रयासबाट गरिएको सो कार्यले सामुदायिक विद्यालयमा शिक्षक अब्बल भएको एक दरिलो उदाहरण हो । शिक्षक पाण्डेयले गरेको खोजमुखक एव प्रविधिमैत्री काममा अन्य शिक्षकहरुले समेत स्वागत गरेका छन । नेपाल शिक्षक संघ कञ्चनपुरका सचिव समेत रहेका राहत शिक्षक केन्द्रीय समितिका सहअध्यक्ष नविन सिह धामीले सरकारी विद्यालयमा अब्बल शिक्षक रहेको बताउदै शिक्षक र सामुदायिक विद्यालयमाथि राज्यको लगानी न्यून भएको बताए । ‘लगानी छ, अनुत्पादन काममा छ, ‘उनले भने, ‘समयको माग र आवश्यकता अनुरुप लगानी छैन ।’ सरकारले सामुदायिक विद्यालयको गुणस्तरबृद्धिका लागि समेत थप पहल गर्नुपर्ने राहत शिक्षक केन्द्रीय समितिका सहअध्यक्ष धामीले सुझाव दिए । शिक्षक पाण्डेयको एकल प्रयासबाट मात्रै विद्यार्थीलाई ठूलो राहत भएको उनको भनाईछ ।

  • १८ असार २०७८, शुक्रबार १४:१६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images