संसद विघटनको मुद्दामा सकियो सरकारी पक्षको बहस
  • CIA Khabar

  • काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सरकारी पक्षको बहस आजदेखि सकिएको छ ।

    सोमवारबाट शुरु भएको सरकारी पक्षको बहसका क्रममा महान्यायाधिवक्ता रमेश बडालसहित ११ सरकारी वकिल, २१ प्रधानमन्त्रीका वकिलसहित ३२ जनाले बहस गरेका छन् ।

    सरकारी पक्षको बहस सकिएपछि अब सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीको बहस शुरु हुँदैछ ।

    धेरै सरकारी पक्षका कानून व्यवसायीहरुले प्रतिनिधिसभा विघटन राष्ट्रपतिको स्वविवेकी अधिकार रहेको जिकिर गर्दै रिट निवेदन खारेजीको माग गरेका थिए ।

    असार ९ गते बुधवारबाट सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्त्रधी मुद्दामा निरन्तर बहस भइरहेको छ ।

    आइतवारसम्म ४ दिन रिट निवेदक पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए भने सोमवारबाट सरकारी पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए ।

    अब सभामुख पक्षका कानून व्यवसायीहरुको बहसपछि जवाफी बहस शुरु हुनेछ । त्यसपछि अदालतको सहयोगी “एमिकश क्यूरी” को बहस शुरु हुनेछ ।

  • १८ असार २०७८, शुक्रबार १५:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images