नेपाल पक्षलाई सोमबार साँझसम्म हस्ताक्षर फिर्ता लिन एमालेको निर्देशन
  • CIA Khabar

  • काठमाडौँ। नेकपा एमालेले विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षले गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको छ।

    शुक्रबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

    बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताएका थिए । उनले भने , ‘दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुँदैन । कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’

  • १८ असार २०७८, शुक्रबार १५:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images