क्यानडा पठाउने नाममा डेढ करोड ठगी, एक जना पक्राउ
  • CIA Khabar

  • काठमाडौँ। क्यानडा पठाइदिन्छु भन्दै डेढ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रे पाँच खाल घर भई हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारी छन् । प्रहरीले अधिकारीलाई काभ्रेको बनेपास्थित दाहालगाउँबाट असार १७ गते पक्राउ गरेको हो ।

    महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार अधिकारीले वर्किङ भिसामा क्यानडा पठाएर राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै सर्लाही लालबन्दीकी यमुना बस्नेतसँग १७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

    प्रहरी अनुसन्धानबाट अधिकारीले यमुना बस्नेतसँग मात्र नभएर अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको खुलेको छ ।उनले हालसम्म १ करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको प्रहरीको दाबी छ ।

  • १९ असार २०७८, शनिबार १०:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images