नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालन
  • CIA Khabar

  • काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।

    विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर केहीबेरअघिदेखि एकतर्फी सडक सन्चालनमा ल्याइएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरोका कारण रोकिएकाहरुलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरु भएको छ ।

    १७ किलो र चार किलो भन्ने स्थानमा पहिरो हटाउने काम जारी छ । सबै पहिरो हटाएर दुईतर्फी सडक सन्चालनमा आउन भने केही समय लाग्ने छ ।

    नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।

  • १९ असार २०७८, शनिबार १०:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images