छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ
  • CIA Khabar

  • भक्तपुर। छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ परेका छन् । पक्राउ परेका ३१ वर्षीय बाबुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

    गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका-८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले पटकपटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बाबुविरुद्ध प्रहरी बृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरी हिजो शुक्रबार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ

  • १९ असार २०७८, शनिबार १६:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images