सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष बर्माको निधन
  • CIA Khabar

  • जनकपुरधाम । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए । पछिल्लो पटक सिकिस्त भएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।

    अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा शनिबार राति उनको निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिए ।

    २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा बर्मा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

  • २० असार २०७८, आईतवार ०८:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images