रत्नपार्कमा कोरिएको चित्र मेटाएको बिरोधमा कलाकारको प्रदर्शन
  • CIA Khabar

  • काठमाडौँ। कोरोना महामारीमा अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्रकला काठमाडौं महानगरपालिकाले मेटाएपछि कलाकारले विरोध गरेका छन् ।

    आइतबार उनीहरुले महानगरपालिकाको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा उनीहरुले कोरोना महामारीका बेला फ्रन्टलाइनरले गरेको कामको सम्मान गर्न पनि आग्रह गरे । बिरोध प्रदर्शनपछि कलाकारहरुले पुनः चित्र कोर्न दिन माग गर्दै महानगरसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

    चित्रकलाको परिकल्पनाकार दुजाङ शेर्पाले स्वास्थ्यकर्मीलगायत कोरोना महामारी नियन्त्रणका लागि खटिएकाहरूलाई उचित सम्मान र हौसला दिनुपर्ने बताए । उनले पुनस् चित्र कोर्नका लागि ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

    केही दिन अघि दुजाङ शेर्पासहितका कलाकारले रत्नपार्कको आकाशेपुलको भित्तामा कोरोना महामारीमा संक्रमितको उपचार र सर्वसाधारणको सेवामा खटिएकाहरूको सम्मानमा चित्रकला बनाएका थिए । उक्त चित्रलाई महानगरपालिकाले मेटाएको थियो ।

  • २० असार २०७८, आईतवार १५:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images