एसईई को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी
  • CIA Khabar

  • काठमाडौँ। २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी भएको छ ।

    परीक्षा नियन्त्रक रुद्र अधिकारीले सकेसम्म साउन महिनाको दोस्रो साता वा ढिलामा पनि साउन मसान्तभित्र परीक्षाफल प्रकाशन गर्ने बोर्डको योजना रहेको बताए ।

    परीक्षा बोर्डको निर्णयअनुसार आजसम्म विद्यालयले सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा आन्तिरिक मूल्यांक नम्बर पठाउँने छन् । इकाइले विद्यालयले पठाएको नतिजा प्रमाणित गरेर असार मसान्तभित्र बोर्डमा पठाउनेछ ।

    उनका अनुसार बोर्डमा नम्बर प्राप्त भएपछि इन्ट्री र रुजु गरिने छ। समयमा सबै आन्तरिक मूल्यांकनको नम्बर प्राप्त भएमा साउनभित्रमा नतिजा प्रकाशित हुने नियन्त्रक अधिकारीले बताए ।

    अहिले देशभरका विभिन्न स्थानमा बाढी पहिरो गइरहेको र विद्यालयमा पनि क्षति पुर्याएकोले इकाइमा मुल्यांकन गरी विद्यालयले समयमै इकाइमा पठाउँन नसकेको अवस्था रहेको हुँदा केही ढिला हुनसक्ने सम्भावना पनि रहेको उनले बताए ।

    उनका अनुसार ०७७ को एसईईमा ५ लाख १७ हजार परीक्षार्थीको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।

  • २० असार २०७८, आईतवार १७:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images