फेवाताल आकारको ताल बन्दै रनगाइ राम लक्ष्मण ताल
  • झबिन भण्डारी

  • कपिलवस्तु । कपिलवस्तु जिल्लाको साबिक दुबिया गा बि स (८ हाल बुद्धभुमी नगरपालिका (०३ रनगाइ स्थिती उत्तर क्षेत्रमा फैलिएको राम लक्ष्मण ताल तथा राम लक्ष्मण मन्दिरले पौराणिक महत्व राखेको छ। ठूलो क्षेत्रफलमा फैलिएको यो ताल प्राकृति निर्मित हो।हाल ताल लाई मर्मत गर्दै छेउ छेउ वाट बाध बाधिएको छ।अझ रोचक त के छ भने ताल को बिच भागमा राम लक्ष्मण मन्दिर निर्माण भैसकेको छ।भबिष्यमा यो फेवाताल को ढाचामा लैजाने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देशय राखिएको छ।बेला बेला मा केन्द्रिय , प्रदेश र स्थानीय तहको बजेट ले ताल को ममर्त सम्हार गरिएको छ।

    ताल हेर्न , पिकनिक खान , मन्दिर दर्शन गर्न आउने र त्यहा बाट चुरे पहाडको छाया ताल मा देखिने हुदा अत्यान्तै रमणिय देखिन्छ।त्यहा बाट अर्घाखाँची को मौवाबारि नजिक रहेको छ।राम लक्ष्मण ताल लाई अहिले राम लक्ष्मण सामुदायिक बनको क्षेत्रभित्र राखिएर त्यसको सरक्षण गरिएको छ। उत्त तालको पानीले रनगाइ, बिचलडिहवा, जुग्दिहवा, आदि गाउको ठूलो क्षेत्रफलमा सिचाइ हुने गर्दछ ।करिब १५ बर्सको लागि उत्त ताल मा माछा पालनको लागि ठेक्का दिएको छ जसको बेला बेला बिबाद समेत हुने गरेको छ।

    पौराणिक रुपमा हेर्दा राम लक्ष्मण बनबास जादा यहि पथ बाट गएको बुढापाका को भनाइ छ। राम र लक्ष्मण को प्रतीक का रुपमा दुई ठुला ढुङ्गा मानव आकार का र दुई ओटा रुख समेतलाइ भगवान राम लक्ष्मण को रुपमा पुजा गरिन्छ।राम नवामी मा उत्त मन्दिर मा भजन कृतन लगाएता कार्यक्रम समेत हुने गर्दछ।कपिलवस्तु जिल्लाकै पहिलो फेवाताल आकारको उत्त ताल घुम्न आउने जो कोहि पर्यटक अर्को पटक आउने बाचा गरि फर्किन्छ।अझ उत्त ताललाई केन्द्रिय , प्रदेश र स्थानीय सरकार बजेट बिनियोजन गरेर ममर्त सम्मार गर्न सकियो भने बुद्धभुमी नगरपालिका मात्र नभएर कपिलवस्तु को पर्यटकिय गन्तब्य हुन सक्दछ।

  • २१ असार २०७८, सोमबार ०८:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images