सवारीसाधनमा आजबाट जोरबिजोर प्रणाली हट्यो, के खुल्ने के नखुल्ने?
  • CIA Khabar

  • काठमाडौँ। काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो पारिएको छ । आजबाट उपत्यकामा सबै सार्वजनिक सवारीसाधन चलेका छन् ।

    सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाइएको छ । जोरबिजोर प्रणाली हटेसँगै सडकमा सवारी चाप पनि बढेको छ ।

    आइतबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप केही क्षेत्रलाई खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको थियो ।

    यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएको थियो । सफा टेम्पो र निलो माइक्रोले कुल ९ जना यात्रु बोक्न पाउँछन् । पछाडि तेर्सो सिटमा ४र४ जनाको दरले ८ जना र चालक छेउमा १ जना गरी कुल ९ जना यात्रुभन्दा बढी बोक्न पाउने छैनन् ।

    निषेध गरिएका गतिविधिहरु

    सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।
    खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।
    विवाह ब्रतवन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल पार्टी प्यालेजमा गराृउन नपाइने ।
    पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।
    शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।
    स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।

    सञ्चालन गर्न पाउने गतिविधिहरु
    व्यवसायको हकमा

    औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।
    औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ६ स् ०० बजेसम्म सञ्चालन गर्न पाइने ।
    अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनकाृ लागि
    काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।
    सवारी साधन सञ्चालनको हकमा

    काठमाडौँ उपत्यका भित्र सञ्चालन हुने सवारी साधनले स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ।
    यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने ।
    सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ ९क० लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
    उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गनए पाइने ।

  • २२ असार २०७८, मंगलवार ०९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images