पाकिस्तानमा प्रेमिकाको बुवाद्धारा प्रेमीको हत्या
  • CIA Khabar

  • इस्लामाबाद । पाकिस्तानको गुज्रनवालामा एक व्याक्तिले आफ्नो छोरीको प्रेमीको क्रुर हत्या गरेका छन ।
    पाकिस्तानको गुज्रनवालामा आफ्नो छोरीसँग बिवाह गर्न खोज्ने व्याक्तिलाई तरिक याकुबले हत्या गरेको मृतकका दाईले दाबी गरेका छन् ।

    ३० बर्षीय रिज्वनले आफ्नो छोरीसँग बिवाह गर्न खोजेको बिषयमा याकुबले उनको हत्या गरि गुज्रनवाला नजिकै नहरमा फालेको बताईएको छ । याकुबले रिज्वनको हत्यापछि शरिर टुक्रा टुक्रा पारी नहरमा फालेको बताईएको छ । रिज्वन उनको प्रेमिकाको घरमा गईरहने गरेको तर हत्यापछि केटीका बुवाले रिज्वन आफ्नो घरमा नआएको दाबी गरेका छन् ।

    मृतकका दाईले हत्यामाथि निष्पक्ष छानबीनको माग गरेका छन् । पाकिस्तानमा यस्ता बिषयमा महिलामाथि मात्र नभई पुरुषहरुमाथि पनि हिंसा हुने गरेको छ । पाकिस्तानमा आफ्नो परिवार र कुलको सम्मान जोगाउन भन्दै यस्तो प्रकारको घटनालाई वैध रुपमा लिईने गरेको पाईन्छ । स्रोत पाकिस्तान डेली

  • २३ असार २०७८, बुधबार ०७:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images