कोपा अमेरिका २०२१ को दोस्रो सेमिफाइनलमा अहिले अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा जारी छ । नेपाली समयअनुसार बिहान ६ः४५ बाट सुरु खेलमा अहिलेसम्म अर्जेन्टिना १–० ले अगाडि देखिएको छ ।
अर्जेन्टिनाका लागि मार्टिनेजले सातौँ मिनेटमा गोल गरेका हुन् । आजको खेल जित्ने टोलीले कोपा अमेरिकाको उपाधिका लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
यी दुई टोलीबीच अहिलेसम्म भएको ४० पटकको भेटमा २३ खेल अर्जेन्टिनाले जितेको छ भने ९ खेलमा कोलम्बिया विजयी भएको छ । ८ खेलमा बराबरीको नतिजा छ ।