युरोकप २०२० :स्पेनलाई हराउँदै इटाली फाइनलमा
  • CIA Khabar

  • युरोकप २०२० मा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा पुगेको छ । गएराति भएको खेलको पूर्ण समयमा दुवै
    टिमले १-१ गोल गरेका थिए । थप समय गोलबिहीन हुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जसमा स्पेनले ४ प्रहारमा २ गोल गर्‍यो भने इटालीले ५ प्रहारमा ४ गोल हान्यो ।

    खेलको पहिलो हाफ गोलबिहीन बनेको थियो । दोस्रो हाःफको ६०औँ मिनेटमा इटालीका फेडेरिको चिएसाले गोल गर्दै खेलमा १-० को अग्रता बनाएका थिए ।

    ६२औँ मिनेटमा मैदान प्रवेश गरेका अल्भारो मोराटाले ७९औँ मिनेटमा स्पेनका लागि गोल गरे । डेनी अल्मोको पासमा मोराटाले गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।

    ९० मिनेटको नियमित समयमा खेल बराबरी भएपछि ३० मिनेट थप गरिएको थियो । थप समयमा पनि दुवै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

    खेललाई बराबरीमा ल्याउन गोल गरेका स्ट्राइकर मोराटा नै पेनाल्टी सुटआउटमा चुक्न पुगे । उनको प्रहारलाई इटालीका गोलरक्षकले रोकेका थिए । त्यस्तै, मोराटाको गोलमा असिस्ट गरेका अल्मोले पनि पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् । खेलमा दुवै टिम निकै आक्रामक देखिएका थिए । बल धेरैजसो स्पेनको नियन्त्रणमा रहे पनि इटालीको आक्रमण शैली प्रशंसनीय देखिन्थ्यो ।

    सेमिफाइनलको दोस्रो खेल आज राति हुनेछ, जसमा इङ्ल्याण्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुने छ । इटालीले आगामी आइतबार राति १२:४५ बजे इङ्ल्याण्ड वा डेनमार्कमध्ये विजयी टिमसँग उपाधि भिडन्त गर्नेछ ।

  • २३ असार २०७८, बुधबार ०७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images