पर्वतमा बाटो बनाउने कम्पनीको गाडी खोलाले बगायो, इन्जिनियरसहित तीन जना बेपत्ता
  • CIA Khabar

  • पर्वत।पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा त्यसमा सवार तीन जना बेपत्ता भएका छन् । गएरातिको भीषण वर्षासँगै उर्लिएको खेला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको गाडीसहित त्यसमा सवार तीन जना बेपत्ता भएका हुन् ।

    बेपत्ता हुनेमा कन्स्ट्रक्सनका साइट इन्चार्ज इञ्जीनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु छन् । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए । प्रहरीले राति १२ बजेदेखि नै खोजी गरिरहे पनि फेला पार्न सकेको छैन । अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । बाढीले तीन वटा घर पनि बगाएको छ । खोला किनारमा रहेका घर बाढीले बगाए पनि घरभित्रका मानिसहरू घर छोडेर भागिहालेकाले बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

  • २३ असार २०७८, बुधबार ०८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images