एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदल बैठक आज पनि बस्दै
  • CIA Khabar

  • काठमाडौ ।   एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदल बैठक आज पनि बस्दै छ । सिंहदरबारमा बिहान बस्ने बैठक विवाद समाधानका उपायमाथि नै केन्द्रित हुने कार्यदल सदस्यहरूले बताएका छन् । नेता भीम रावलका अनुसार पार्टीभित्रका विवाद अनि समस्याहरू पहिचान भइसकेकाले अब निकासमा केन्द्रित रहेर छलफल हुने छ ।

    हिजो कार्यदल बैठक निचोडविहीन बनेको थियो । कार्यदल सदस्य गोकर्ण विष्टले हिजोको बैठकमा विवादका विषयहरूमाथि छलफल गरिए पनि कुनै सहमति नभएको बताए । आज बस्ने बैठकमा पार्टीलाई एकतावद्ध बनाउन थप छलफल हुने उनको भनाइ छ । यसअघि सोमबार सिंहदरबारमा करिब दुई घण्टा छलफल गरेका कार्यदल सदस्यहरू पार्टीको आन्तरिक समस्यालाई निचोडमा पुर्‍याउन एकमत देखिएका थिए। तर, अहिलेसम्म एमाले विवाद भने ज्युँका त्युँ देखिएको छ ।

    कार्यदलमा दुवै पक्षका पाँचरपाँच जना सदस्य छन् । ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने खनाल(नेपालका तर्फबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

  • २३ असार २०७८, बुधबार ०८:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images