कपनबाट १० महिलासहित २९ जना जुवाडे पक्राउ
  • CIA Khabar

  • काठमाडौँ। काठमाडौँको कपनस्थित सिमलटारबाट प्रहरीले १० महिलासहित २९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सिमलटारस्थित एक घरमा जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई १४ लाख नगदसहित पक्राउ गरेको हो ।

    परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार जुवा खालबाट ३३ थान कौडा र तास समेत बरामद गरिएको छ ।

    अहिले पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी वृत बौद्धमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए ।

  • २३ असार २०७८, बुधबार १७:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images