नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध
  • CIA Khabar

  • चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । बुधबार राति भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले पहिरो पन्छाउने काम जारी रहेको जानकारी दिए । बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक फेरि गएरातिबाटै अवरुद्ध भएको हो ।

    पहिराले सयौँ सवारी साधन रोकिएका छन् ।

  • २४ असार २०७८, बिहीबार ०९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images