काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ र ५ हजार १०३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाले ज्यान गुमाएका थिए । मृतकको संख्या पनि आज बढेको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २८६ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।