सुर्खेत । कर्णाली प्रदेश सभाको आठौं अधिबेशनको पन्ध्रौं बैठकमा नेकपा एमाले को तर्फबाट आफ्नो पार्टीको धारणा राख्दै कर्णाली प्रदेशका संसद एवम प्रभावशाली नेता दल रावलले कर्णाली प्रदेशमा आफ्नो बैधता गुमाएको सरकार बजेट जस्तो महत्त्वपूर्ण बिषयबाट बेखबर रहेको बताउनुभयो।नेकपा एमालेले लोकतान्त्रिक, बैधानिक एवम् राजनीति ढंगले उठाएको मुद्दालाई प्रदेश सरकारले बेवास्ता गरेर अगाडी बढिरहेको आरोप लगाउनुभएको छ।संसद रावलले जनताको प्रतिनिधिमुलक सार्बभौम संसदलाई एक ढंगले वेवास्ता गरेर अगाडि बढिरहेको यो सरकारले असार एक गते प्रस्तुत भएको बजेट आज २४ गते भैसक्दा अर्थात यो आर्थिक बर्षको एक हप्ता मात्रै बाकी रहदा सम्मा पनि बजेट प्रति र जनताप्रति उतरदायी छैन भन्ने आफै प्रमाणित गरिसकेको बताउनुभयो।
जसरी किसानलाई यो असारको महिनामा एकदमै महत्त्वपूर्ण हुन्छ असारमा धान रोपेपछी कार्तिकमा भात खान पाईन्छ।त्यसैगरी आर्थिक सामाजिक रुपान्तरण र आर्थिक बिकासका निम्ति यो बजेट त्यतिकै महत्त्वपूर्ण हुन्छ।तर त्यतातिर यो सरकारको ध्यान नभएको टिप्पणी गर्नुभएको छ।लोकतन्त्रमा प्रश्न गर्न पाईन्छ,लोकतन्त्र भनेको प्रश्न गर्न पाउने व्यवस्था हो।त्यही अन्तर्गत नेकपा एमालेले सम्मानित प्रतिनिधि सभामा आफ्ना राजनीतिक प्रश्न राखेको छ।नेकपा एमाले दलमा सचेत छ र यसले बैधानिक, लोकतान्त्रिक र नैतिक ढंगले आफ्ना प्रश्नहरु सम्मानित सदनमा उठाउदै आएको छ।बिशेष गरि यो राजनीति तथा संबैधानिक प्रश्न पनि हो तर यसतर्फ यो सरकार सुनवाइ गर्ने पक्षमा छैन भन्दै संसद रावलले लोकतन्त्र भनेकै बहुमतले अल्पमत माथि शासन गर्ने प्रक्रिया होरुयहाँ त ठ्याक्कै बिपरित भएको बताउनुभयो। नेकपा एमालेले आजका दिनमा यो प्रदेश सभामा ४० सिट मध्य २० सिट पक्षमा छ भने १८ सिट रहेका विपक्षी दुईवटा दलहरुले सरकार संचालन गरिरहेका छन।नैतिक रूपमा लोकतान्त्रिक रुपमा राजनीतिक रुपमा र बैधानिक रुपमा यो कतिको सत्य हो भन्दै सरकारलाई प्रश्न समेत गरेका गर्नुभएको थियोे ।
प्रदेश सभामा बोल्दै रावलले भालुको कथा सुनाएर सत्तापक्षलाई कडा प्रहार गर्नुभएको थियोे।दुईवटा भेडा पाल्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने किसानहरु रहेछन।एकदिन एउटाको गोठको भेडा चाहिँ भालुले खाईदिएछ।त्यही सन्दर्भमा अर्को मान्छेले आफ्नो भेडा काटेर बिजय उत्सव मनाएछ।अर्काको भेडा भालुले खाईदियो भनेर खुसी भएर पार्टी नै दिएछ ।त्यही दिनै भेडा मारेर खाएको पीडित किसानले भनेछ।यहाँ खाने भालु त्यहा पनि आउला भनेछ।एक हप्ता पछि खुशियालिमा जसले भोज पार्टी गरेको थियो त्यसको गोठमा धेरै भन्दा धेरै भेडा भालुले मारिदिएछ चिथोरिदिएछ।त्यसकारण यहाँ खाने भालु लोकतन्त्रमा त्यहा पनि आउँछ।सरकार पक्षका दलहरु सचेत हुन आवश्यक छ रहेको कथा मार्फत पेचिलो प्रहार गर्नुभएको थियोे ।
फलेको बृक्षमा सबै ढुंगा हान्छन।नेकपा एमाले माथी देशब्यापी मात्रै होईन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले ढुंगा हान्ने गरेको आरोप लगाउदै संसद रावलले भन्नुभयो हामिलाई थाहा छ नेकपा एमालेले एउटा मात्रै पुर्व पश्चिम् राजमार्ग,महेन्द्र राजमार्गबाट आज तीन तीन वटा राजमार्ग संगै सम्पन्न गर्दैछ।मदन भण्डारी हाईवे,पुष्पलाल हाईवे,ताराईको हुलाकी राजमार्ग र महेन्द्र राजमार्गलाई चार लेनको बाटो बनाउदैछ।यस अर्थमा नेपाली जनताको प्यारो पार्टी नेकपा एमालेमाथी ढुंगा प्रहार गर्ने काम भैरहेको छ।अपर कोशी तामाकोशी ठुल ठुला हाईड्रोपावर जस्ता तमाम प्रोजेक्टहरु नेपाली श्रम र नेपाली पुजिबाट निर्माण नेकपा एमालेले गर्दैछ।माधव नेपाल प्रधानमन्त्री हुँदा खेरी योजना बनाईएको झलनाथ खनाल प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको र केपि शर्मा ओलि प्रधानमन्त्री हुँदा निर्माण गरिएका तमाम योजनाहरु आज देशको अर्थतन्त्रको बिकास र राष्ट्रिय पुजिको निर्माण गर्नको निमित्त नेकपा एमालेले नेतृत्व गरेका थुप्रै परियोजनाहरु आज अगाडि बढ्दै गरेको बताउनुभयो।
प्रदेश सभामा बोल्दै संसद रावलले यो देशमा एउटा मात्रै अन्तरास्ट्रिय बिमानस्थल थियो अब एक बर्ष भित्रमा तीन तीन वटा बिमानस्थल संचालन हुदैछन।त्यतिमात्र होईन सामाजिक शुरक्षाका कामहरू पनि नेकपा एमालेले अगाडी बढाएको छ।२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमालेको सरकारले १०० रुपैयाँको शुरूवात गरेको सामाजिक शुरक्षा भत्ता अहिले केपि वलिको नेतृत्वसम्मा आईपुग्दा ४००० रुपैयाँ नेपालका आमा बुवाका निम्ति लोक कल्याणकारी सामाजिक शुरक्षा कार्यक्रम नेकपा एमालेले ल्याएको छ।नेकपा एमालेले गरेका यस्तै लोकप्रिय जनप्रिय कार्यहरुबाट आत्तिएर नेकपा एमाले माथी ढुंगा हान्दै छन।त्यतिमात्र होईन तमाम आर्थिक बिकासका कामहरु लोककल्याणकारी शासन व्यवस्थालाई ,लोकतन्त्रलाई बलियो बनाउने गरि नेकपा एमालेले आफ्न शासनका प्रक्रियाहरु अगाडि बढाएको छ।राष्ट्रिय तथा अन्तरास्ट्रिय शक्तिहरु नेकपा एमाले लाई कसरी कम्जोर बनाउन सकिन्छ भनेर लागिपरेका छन।छुट्टाछुट्टै ढुङ्गा हानेर फल झरेन भनेर सबै ढुङ्गाहरु एउटै ठाउँमा जम्मा गरि प्रहार गर्ने काम भैरहेको छ।तर नेपाली जनता लोकप्रिय पार्टी एमालेले ल्याएका आयोजना र कामहरु पर्ती प्रभावित भएको दावी समेत गर्नुभयो।
उहाले नेकपा एमाले माथी यो प्रदेशमा र देशैभरी आक्रमण हुने क्रम जारी छ तरनेपाली जनताले कुनैपनी हालतमा ती ढुङ्गा खोसेर भएपनि फल झार्न दिने छैनन भन्नेमा एमाले विश्वस्त रहेकोे बताउदै जनताको प्यारो लोकप्रिय पार्टी र राष्ट्रको लोकतन्त्रको पहरेदार रहेकोले जनताको मन मस्तिष्कमा बसेको बताउनुभयो।त्यसैगरी यो सरकारमा नेपाली काङ्ग्रेस पार्टी जस्तो एउटा लोकतन्त्रको लामो अभ्यास गरेको आफ्नो पार्टीको जीवन पद्धतिलाई लोकतान्त्रिक बनाएको लोकतान्त्रिक मार्ग निर्देशन आदर्श बोकेको नेपाली काङ्ग्रेसले आफ्नो विद्यानमा २०७२ सालमा बहुलबादमा आधारित संघीय लोकतान्त्रिक संविधान निर्माण गरि जारी गरेको ऎतिहासिक कृतिमान प्रती गर्व गर्दै बहुदलबादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधान कार्यनयन गरेको गौरवपुर्ण ईतिहास स्मरण गर्दै लोकतन्त्र र समाजबादका आदर्शहरुलाई अंगिकार गरेर अगाडि बढ्छु भनेर नेपाली काङ्ग्रेसले आफ्नो प्रतिबद्धता बारम्बार गरेको छ।दुखका साथ आज म भन्न चाहान्छु मेरा आदरणीय माननीय ज्युहरु यहाँ हुनुहुन्छ नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक आदर्श बोकेको पार्टीले साच्चिकै कर्णालीको राजनीतिक प्रक्रियामा सहभागी हुन मिल्छ सभामुख मोहदयरुसमिक्षा गर्ने कि नगर्नेरुयदि लोकतन्त्रलाई सस्थागत गर्ने हो भने लोकतन्त्रलाई बलियो बनाउने हो भने एक डेढ बर्षको सरकार ठुलो कि लोकतन्त्र ठुलो रुसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनाउन ठुलो कि सस्थागत गर्न ठुलो कि सत्तामा बसेर सरकार चलाउन ठुलोरुयस अर्थमा नेपाली काङ्ग्रेसलाई म आग्रह गर्न चाहान्छु लोकतन्त्र बलियो बनाउन तपाई हरुको साथ सहयोग चाहिन्छ त्यतातिर अघि बढ्नुहोस भनेर नेपाली काङ्ग्रेसलाई आग्रह समेत गर्नुभएको थियोे।
त्यसैगरी नेकपा माओवादी पनि लोकतन्त्र त मासिना थाल्यो बिधिको शासन सकिन थाल्यो भनेर बुढानिलकण्ठ देखि युवानिलकण्ठसम्मा कुदिरहेको आरोप लगाउदै संसद रावलले भन्नुभयो यदि लोकतन्त्र मासिन्छ भन्ने माओवादीलाई चिन्ता हो भने कर्णाली प्रदेशको लोकतन्त्र किन आफै मास्न लागेकोरुयो प्रदेश सभाभित्रको लोकतन्त्र किन सिध्याउन लागेकोरुसरकारको नेतृत्व गरेको नेकपा माओवादीले यसतर्फ सचेत हुनेकी नहुनेरुसाच्चै नेकपा माओवादी लोकतन्त्र र गणतन्त्रको पक्षमामा लडेको पार्टी हो भने त्यसतर्फ ध्यान दिनेकि नदिनेरुम यो पनि आग्रह गर्न चाहान्छु।नेपालको संविधान राजनीति दल सम्बन्धि व्यवस्था गरेको २६४-४ (क) मा कुनैपनी राजनीतिक दल निर्वाचन आयोगमा दर्ता हुँदा खेरी त्यसले आफ्नो विद्यान र नियमावली लोकतन्त्र प्रति प्रतिबद्धता गरेको हुनुपर्ने व्यवस्था गरेको छ।त्यसैगरी धारा ४ मा राष्ट्रको परिभाषा दिदाखेरी नेपाल राज्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ भनेर उल्लेख गरिएको छ।हामी यो व्यवस्थामा काम गर्दैछौ अनि अल्पमतले बहुमत माथी शासन गर्ने कुन लोकतन्त्रमा हुन्छरुयो एउटा राजनीति प्रश्न हो।यो संबैधानिक तथा नैतिक प्रश्न हो। यो प्रश्नमाथी जवसम्मा यो सरकार गैरजिम्मेवार हुन्छ।
जबसम्म नेकपा एमालेको प्रश्नको उत्तर यो सरकारले दिदैन तबसम्म यो नियमित बैठकको कार्यबिधी अगाडि बढ्न सक्दैन।कर्णालीको राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा क्षवि बिग्रने गरि कर्णाली सरकार अगाडि नबढोस भन्नुभएको थियोे ।अन्तिममा संसद रावलले आजको बैठकको काम कारबाही अगाडि नबढाउन सभामुखलाई आग्रह गर्नुभएको थियोे। आफ्ना एजेन्डाहरु पूरा नगरे बैठक अगाडि नबढ्ने जानकारी दिएपछि अर्को बैठक २०७८ साल असार २७ गते आइतबार दिनको २ बजे बस्ने गरि सभामुखले स्थगित गरिएको जानकारि दिनुभएको थियो।