काठमाडौँ। माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्वमाओवादी नेताहरू आफूले दिएको निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका छन् ।
टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका हुन् । लेखराज भट्ट भने अस्वस्थ भएका कारण नगएको बताइएको छ ।
अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए ।
आयोगमा भइरहेको निवेदनमाथिको कारवाही बुझ्न आफूहरू गएको नेता लिलबहादुर थापाले बताए ।
एमालेमा प्रवेश गरेसँगै माओवादीले कारवाही गर्दा उनीहरूको सांसद पद खारेज भएको थियो ।