बुद्दभुमिमा सुधारिएको चुलो र कुखुराको खोर बितरण
  • CIA Khabar

  • बुद्दभुमी । कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले वडा न ४ को कुमाल टोलमा कुखुराको खोर ,चल्ला र सुधारिएको चुलो बितरण गरेको छ ।

    मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत बादी समुदायका १७ र कुमाल समुदायका २० घर परिवारलाई कुखुराको खोर र चल्ला बितरण गरिएको हो । कुमाल बस्तिका प्रत्येक घरमा १ थान सुधारिएको चुलो समेत बितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

    ५ लाखको कुल लागतमा उक्त बितरण कार्य गरिएको हो ।
    समुदायको आर्थिक अवस्था सुधार गर्न बितरण गरिएको नगर प्रमुख केशव श्रेष्ठले बताउनु भयो ।

    यो समुदाय अन्य समुदाय भन्दा बन्चितिकरणमा परेको समुदाय भएकोले उनिहरुलाइ हरेक बर्ष विभिन्न कार्यक्रम मार्फत सहयोग गरिएको उहाँले बताउनु भयो ।

    बितरण गरिएको कुखुरा बीउ पुजिका रुपमा राख्न प्रमुख श्रेष्ठले समुदायलाई आग्रह गर्नु भयो । बिगतका बर्षमा सडक , सडक बत्ती लगायत नगरले सहयोग गरेको थियो ।

    एक मुस्ट मिलेर बसेको कुमाल समुदायमा नगरले विविध कार्यक्रम मार्फत नमुना गाउँ बनाउने योजना गरेको छ ।

    No description available.

    यसै गरि बादी समुदायमा भएको खोर र चल्ला बितरण कार्यक्रम बोल्दै कार्यक्रम सिफारिस समितिका सदस्य सुशिला दर्लामीले बादी समुदायका मानिसलाइ रोजगार तर्फ उन्मुख गराउन सहयोग गर्ने उद्देश्य अनुरुप खोर र कुखुरा बितरण गरिएको बताउनु भयो ।

    कार्यक्रममा नगर प्रमुख केशव श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल , वडा अध्यक्ष पवन थारु र कार्यक्रम सहज कर्ता थानेश्वर अधिकारीको सहभागिता रहेको थियो ।

  • २५ असार २०७८, शुक्रबार १९:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images