महोत्तरीमा दुर्घटना हुँदा एकको मृत्यु, जलेश्वरमा शव भेटियो
  • CIA Khabar

  • जनकपुरधाम । महोत्तरीमा शुक्रबार भएको सबारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । एकजनाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।

    सम्सी गाउँपालिका १ पर्सामा ज १० प २१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ बेङ्गाडावर बस्ने २९ बर्षीय विकेक कुमार स्याङ्वा रहेको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

    दुर्घटनामा घाईते भएका उनलाई उपचारका लागि जलेश्वर पठाईएकोमा सोही क्रममा मृत्यु भएको उनले बताए ।

    जलेश्वरमा शव फेला

    सदरमुकाम जलेश्वरमा एक महिलाको शव फेला परेको छ । जलेश्वर नगरपालिका २ मा नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ६५ बर्षीया महिलाको शव वेवारिसे अबस्थामा फेला परेको प्रहरी प्रबक्ता बिष्टले बताए ।

    फेला परेको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २५ असार २०७८, शुक्रबार १९:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images