काठमाडौँ। साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच फाइनल प्रवेश गरेका हुन् ।
जोकोभिचले डेनिसलाई ७-६ (७-३),७-५ र ७-५ को सेटमा पराजित गरे । यससँगै पाँच पटक च्याम्पियन जोकोभिच सातौं पटक विम्बल्डनको फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो बेरेटिनीसँग खेल्ने छन् ।
यसैबीच विम्बल्डन टेनिसको महिलातर्फको उपाधिका लागि एस लिघ बार्टी र क्यारोलिना प्लिस्कोभाबीच प्रतिस्पर्धा हुने भएको छ ।
शीर्ष वरियताकी अष्ट्रेलियन खेलाडी बार्टी र चेक रिपब्लिककी आठौं वरियताकी प्लिस्कोभा बीच प्रतिस्पर्धा हुन लागेको हो ।
बार्टीले जर्मन खेलाडी पूर्व च्याम्पियन एन्जेलिक कर्वरलाई ६–३ र ७–६ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन ।
त्यस्तै प्लिस्कोभाले बेलारुसकी आर्याना साबालेन्का माथि ५–७, ६–४ र ६–४ को सेटमा जित निकाल्दै फाइनलको यात्रा तय गरेकी हुन् । दुवैले पहिलो पटक विम्बल्डनको फाइनलमा खेल्न लागेका हुन् । फाइनल खेल आज हुँदैछ ।