कोपा अमेरिका फुटबल : तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियासँग पेरु पराजित
  • CIA Khabar

  • काठमाडौँ। कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । आज बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

    कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि कोलम्बियाले जित हासिल गरेको हो ।

    सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थानका लागि प्रितस्पर्धा गरेका हुन । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो ।

    खेलमा यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो ।

    जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे ।

    ९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो ।

    कोपा अमेरिका फुटबलको फाइनल खेल भने आइतबार बिहान हुनेछ । उपाधिका लागि ब्राजिल र अर्जेन्टिना मैदानमा उत्रिनेछन् ।

  • २६ असार २०७८, शनिबार ०९:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images