नायिका मनिषा कोइराला द्वारा डोल्पा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
  • CIA Khabar

  • काठमाडौं।   चर्चित नायिका मनिषा कोइरालाले डोल्पाको जिल्ला अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेकी छन्।

    नायिका कोइरालाले समाजसेवी लक्ष्मीकान्त उपाध्यायमार्फत् पाँच लिटरको अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई सहयोग गरेकी हुन्।

    उक्त कन्सन्ट्रेर जिल्ला अस्पतालमा कार्यरत डाक्टर प्रशन्न कार्कीलाई हस्तान्तरण गरिएको समाजसेवी उपाध्यायले बताए।

    दुर्गमका नागरिकहरुको उपचारमा थोरै भए पनि सुविधा होस् भन्ने हिसाबले नायिका कोइरालाले सहयोग गरेको उपाध्यायले बताए।

    निशुल्क अक्सिजन कन्सन्ट्रेटर पाएपछि अस्पतालले सहयोगी दाताप्रति आभार व्यक्त गरेको छ।

  • २६ असार २०७८, शनिबार ११:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images