प्रधानमन्त्री ओली हेलम्बुपछि अहिले मेलम्ची क्षेत्रमा
  • CIA Khabar

  • काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावितहरूको अवस्था बुझ्न अहिले मेलम्ची पुगेका छन् । प्रधानमन्त्री ओली हेलम्बु र मेलम्चीको अवलोकनका लागि पुगेका हुन् ।

    हेलिकप्टरबाट हेलम्बु पुगेका ओली अहिले भने मेलम्ची क्षेत्रमा पुग्ने छन् ।

    प्रधानमन्त्री ओलीले मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने बताइएको छ । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको क्षति भएको थियो ।

  • २६ असार २०७८, शनिबार १६:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images