प्रचण्डसँगको भेटबारे नेपालको सचिवालयले भन्यो :राजनीतिक विषयमा छलफल भएको छैन
  • CIA Khabar

  • काठमाडौँ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको भेटबारे नेपालको सचिवालय स्पष्ट पारेको छ ।

    एमाले कार्यदलले पार्टी विवादलाई सहमतिको अन्तिम टुंगोमा पुर्‍याउँदै गर्दा नेता नेपाल र प्रचण्डबीचको भेटले विभिन्न शंका उब्जाएको अवस्थामा नेपालको सचिवालयले भेटबारे स्पष्ट पारेको हो ।

    सचिवालयका तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा अध्यक्ष प्रचण्ड नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वर पुगेको र अन्य राजनीतिक विषयमा छलफल नभएको स्पष्ट गरिएको छ ।

    ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु’, गौतमले विज्ञप्तिमा भनेका छन्।

  • २६ असार २०७८, शनिबार २०:०० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images