गोल्डेन बुट रोनाल्डोको हातमा
  • CIA Khabar

  • काठमाडौँ। पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट जितेका छन् । १६ औं संस्करणको युरोकप फुटबलमा सर्वाधिक गोल गर्दै उनले गोल्डेन बुटको अवार्ड हात पारेका हुन् ।

    रोनाल्डोले प्रतियोगिता अवधिभर ५ गोल गरे । चार संस्करणको युरोकप खेलेको रोनाल्डोले पहिलो पटक गोल्डेन बुट जितेका हुन् ।

    चेक रिपब्लिकका प्याट्रिक शिकलाई पछि पार्दै रोनाल्डोले यस अवार्ड जितेका हुन् । प्याट्रिकले ५ खेलमा ५ गोल गरेका थिए ।

    युरोकपको उपाधि भने इटालीले जितेको छ । फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो ।

  • २८ असार २०७८, सोमबार ०९:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images